Click To View All Local News
Click To View All National News

Honda
Click To View All International News

Contact Us to Advertise Here!
051-534444/9855080226

दुई तिहाइ बहुमतको प्रक्रिया अगाडि बढाउन माग गर्दै ४ सय १३ जना सभासद्को हस्ताक्षर

Posted by Unknown on Friday, January 16, 2015 | 0 comments | Leave a comment...

माघ २ गते 
नेपाली कांग्रेस र नेकपा एमालेका सभासद्हरुले दुई तिहाइ बहुमतको प्रक्रिया अगाडि बढाउन माग गर्दै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ४ सय १३ जना सभासद्को हस्ताक्षर बुझाएका छन । कांग्रेस र एमालेसहित विभिन्न ११ वटा दलका ४ सय ११ र दुई जना स्वतन्त्र सभासद्को हस्ताक्षर आज संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाइएको हो । यो संख्या संविधान जारी गर्नका लागि आवश्यक भन्दा बढी हो ।नेम्वाङलाई बुझाइएको हस्ताक्षरपत्रमा कांग्रेस, एमाले, राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाल परिवार दल, बहुजन शक्ति पार्टी, नेपाली जनता दल, अखण्ड नेपाल र जनजागरण पार्र्टीका सभासद्हरुले हस्ताक्षर गरेका छन । सहमतिको नाममा दुई तिहाइ वहुमतको प्रक्रिया रोक्न नहुने र माघ ८ गते नै संविधान जारी गरिनुपर्ने हस्ताक्षरकर्ता सभासद्हरुको माग छ ।राष्टिय जनमोर्चाका सभासद् चित्रबहादुर केसीले सभासद्हरुको हस्ताक्षर संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाउनुभयो । प्रधानमन्त्री सुशिल कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका काँग्रेस र एमालेका आठ जना शीर्ष नेताले हस्ताक्षर गरेका छैनन ।  हस्ताक्षर अभियानका अगुवा प्रकाश ज्वालाले विवादित विषयमा सहमतिको प्रयास पनि जारी राख्नुपर्ने भएकाले शीर्ष नेताहरुको हस्ताक्षर नगराइएको बताउनुभयो ।हस्ताक्षर वुझ्दै सभामुख सुबासचन्द्र नेम्वाङले अब संबिधानसभाले दलहरुको सहमति पर्खिएर नबस्ने बताउनुभयो ।सभामुख नेम्वाङले संबिधानसभा प्रक्रिया अनुसार अघि बढ्ने बताउनुभयो ।

संविधान निर्माणमा प्रेस चौतारी चितवनको खवरदारी

Posted by Unknown on | 0 comments | Leave a comment...

चितवन, माघ २ 
ताोकिएकै मितिमा संबिधान निर्माणको माग गर्दै प्रेस चौतारी चितवनले स्थानिय प्रशासन मार्फत सभाध्यक्ष र सभासदहरुलाई खवरदारी पत्र पठाएको छ । आज प्रशासन कार्यालयमा चौतारी चितवनका अध्यक्ष तीर्थ नेपालले प्रशासकिय अधिकृत शेषकान्त पौडेललाई खवरदारी पत्र हस्तान्तरण गर्नुभयो । पत्रमा माघ ८ मा संबिधान जारी गर्ने अवस्था टर्दै गएकाले जनताको अभिमतलाई सम्मान गर्दै तोकिएको मितिमा काम सम्पन्न गर्ने दिशामा संविधान सभा अघि बढ्नुपर्नेमा जोडदिइएको छ । दिनरात नभनी छलफलमा जुटेर जनभावनाको कदर गर्न भन्दै प्रेस चौतारीले खवरदारी पत्र संगै दाल, चामल, तेल, नुन र बेसार पनि पठाएको छ । सांकेतिक रुपमा दवाव सिर्जना गर्न पनि खाद्यान्न पठाइएको अध्यक्ष नेपालले जानकारी दिनुभयो । सो क्रममा पत्रकारहरुले प्रशासनमा एक घण्टा धर्ना समेत दिएका थिए । कार्यक्रमलाई संवोधन गर्दै नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोख्रेलले संबिधान निर्माणका लागि अव सवैले दवाव दिनुपर्ने बेला आएको बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी नारायणी अञ्चल अध्यक्ष तीलकराम रिमालले जनताको भविष्य संग जोडिएकाले संविधान निर्माणमा बिलम्व गर्न नहुनेमा जोड दिनुभयो । धर्नामा जिल्लाका ३ दर्जन पत्रकार र मानवअधिकारकर्मी सहभागी थिए ।

जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा चितवन डोजाङ प्रथम

Posted by Unknown on | 0 comments | Leave a comment...


माघ २ गते 
रत्ननगर ५ चित्रसारीमा भएको ४५ औं चित्रसारी जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा चितवन डोजाङ टिम प्रथम भएको छ । आज सम्पन्न प्रतियोगितामा चितवन डोजाङले २ स्वर्ण,२ रजत र २ कास्य जित्दै प्रथम भएको हो ।  २ स्वर्ण,१ रजत र २ कस्या पदक जितेर चित्रवन तेक्वान्दो डोजाङ वीरेन्द्रनगर द्धितीय भएकोे छ भने २ स्वर्ण र १ रजत पदक जितेर कुमरोज तेक्वान्दो डोजाङ तृतीय भएको चित्रसारी तेक्वान्दो डोजाङका प्रमुख एवम् अन्र्तराष्ट्रिय प्रशिक्षक किरण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा १ स्वर्ण,२ रजत र ४ कास्य पदक जितेर आयोजक चित्रसारी तेक्वान्दो डोजाङले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा महिला तर्फ चितवन तेक्वान्दो डोजाङकी अनुपमा तामाङ र पुरुष तर्फ सौराहा तेक्वान्दो डोजाङका विनोद तामाङ उत्कृष्ट खेलाडी घोषित भएका छन । प्रतियोगितामा १२ स्वर्ण,१२ रजत र २४ कास्यका लागी २ सय खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । १९ डोजाङका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको निर्णायकमा चितवन जिल्ला तेक्वान्दो संघका अध्यक्ष पुष्पराज जोशी र उपाध्यक्ष रोशन खान रहनुभएको थियो । समापन कार्यक्रम चित्रसारी तेक्वान्दो डोजाङका प्रमुख किरण श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

तमिल समर्थकले भने ‘सलमान खान कसाई हुन्’

Posted by Unknown on Thursday, January 15, 2015 | 0 comments | Leave a comment...

पुस २० – बलिउड अभिनेता सलमान खानको घर अगाडि तमिल संगठनले प्रदर्शन गरेका छन् । तमिल संगठनले आइतबार सलमानको मुम्बइमा रहेको ग्यालेक्सी अपार्टमेन्टको बाहिर प्रदर्शन गरेका हुन् । उनीहरुले सलमानले श्रीलंकामा गएर राष्ट्रपति महिन्दा राजपाक्षेको पक्षमा चुनाव प्रचार प्रसार गरेको विरोधमा प्रदर्शन गरेका हुन् । सलमान केही दिनअघि अभिनेत्री ज्याकलिन फर्नान्डेजसँगै राजपाक्षेको चुनाव प्रचारका लागि श्रीलंका गएका थिए । श्रीलंकामा यही जनवरी ८ मा राष्ट्रपति निर्वाचन हुँदैछ । डिएमके पार्टीका प्रवक्ता टिकेएस इलांगोवनले सलमानलाई कसाईको संज्ञा पनि दिनुभयो । श्रीलंकामा भारतीयप्रति राम्रो व्यवहार नभएको र भारतकै अभिनेता गएर चुनाव प्रचार गर्नु कसाई बराबर भएको इलांगोवनले बताए ।
प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ भने सलमानको घर वरपर सुरक्षा बढाइएको छ । प्रदर्शनकारीहरुले सलमानको कुनै पनि चलचित्र तमिलमा रिजिल गर्न नदिने बताएका छन् ।

पाकिस्तानमा १७ जनालाई मृत्युदण्ड

Posted by Unknown on | 0 comments | Leave a comment...

कराची, १ माघ । 
पाकिस्तानमा गत महिना मात्र ल्याइएको मृत्युदण्डको कानुनपछि महिना दिनभित्रै १७ जनालाई मृत्युदण्ड दिइएको अधिकारीहरुले बताएका छन् । 
 
प्राप्त पछिल्लो समाचारमा जनाइएअनुसार पाकिस्तानमा बिहीबार मात्र पनि एकजनालाई झुन्ड्याएर मारिएको छ । सो दण्डपछि त्यहाँ यस्तो कारबाही पाउने व्यक्तिको सङ्ख्या १७ पुगेको हो । 
 
त्यहाँ गत मङ्गलबार मात्र सातजनालाई मृत्युदण्ड दिइएको थियो । आतङ्कवादी क्रियाकलापमा संलग्न रहेको मुद्दा खेपिरहेका ती सातजनालाई मङ्गलबार मृत्युदण्ड दिइएको बताइएको छ । 
 
बिहीबार यो झुन्ड्याएर मृत्युदण्ड दिइएका व्यक्ति पनि आतङ्ककारी क्रियाकलापमा संलग्न रहेको आरोपमा मुद्दा खेपिरहेका अधिकारीले जनाएका छन् । योसहित पाकिस्तानमा गएको महिनादिनमा मात्र मृत्युदण्ड दिइएको व्यक्तिको सङ्ख्या १७ पुगेको समाचारमा उल्लेख गरिएको छ । 
 
गएको डिसेम्बर १६ मा पाकिस्तानको पेसावरमा रहेको एक सैनिक विद्यालयमा पाकिस्तानी तालिवानहरूले आक्रमण गरी १३४ जना साना बालबालिकासहित १५० जनाको हत्या गरेको घटनापछि त्यहाँको सरकारले मृत्युदण्डसम्बन्धी कानुन पुनः ल्याइएको हो । 
 
पाकिस्तानमा गएको छ वर्षदेखि प्रतिबन्ध लगाइएको मृत्युदण्डको कानुन गत महिनादेखि पुनः पाकिस्तानी प्रधानमन्त्री शरिफले खुला गर्नुभएको बताइएको हो । 
 
विद्यालयमा अध्ययनरत बालबालिकामाथि नै यो जघन्य अपराध गरेपछि पाकिस्तान सरकारले यस्ता आतङ्कवादी क्रियाकलापमा संलग्न हुने व्यक्तिलाई मृत्युदण्डको सजाय दिइने गरी कानुनमा संशोधन गरेको हो । 
 
पाकिस्तानमा प्रतिबन्धित एक आतङ्कवादी सङ्गठन लस्कार एक जाङ्भीसँग आवद्ध मोहम्मद सइदलाई बिहीबार पाकिस्तानको कराचीमा रहेको केन्द्रीय जेलमा झुन्ड्याएर मारिएको नाम नबताउने सर्तमा एकजना अधिकारीले बताएका छन् । रासस/एएफपी

विषाक्त रक्सीले १४ जनाको ज्यान लियो

Posted by Unknown on | 0 comments | Leave a comment...

पुस २९ ।
भारतको उत्तरप्रदेशमा विषाक्त रक्सी सेवन गर्दा १४ जनाको ज्यान गएको छ । एकसय भन्दा धेरै विरामी भएका छन् । लखनउको छिमेकी जिल्ला उन्नावमा विषाक्त रक्सी खाँदा यस्तो घटना भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अुमान गरिएको छ । विषाक्त रक्सीको कारोबार भैरहँदा पनि लापरबाही गरेको भन्दै त्यहाँको सरकारले भन्सार विभागका १३ जना कर्मचारीलाई निलम्बन गरेको छ भने भन्सार प्रमुखलाई कार्वाही गर्न सिफारिस गरेको छ ।

कैदी बोकेको बस र रेल ठोक्किँदा १० जनाको मृत्यु

Posted by Unknown on | 0 comments | Leave a comment...

माघ १ 
अमेरिकाको टेक्सास राज्यमा कैदी बोकेको बस र रेल ठोक्किँदा १० जनाको ज्यान गएको छ । बस अनियन्त्रित भई रेलसंग ठोक्किएको बिबिसीले जनाएको छ । बसमा १२ जना कैदी र ३ प्रहरी सवार थिए ।  दुर्घटनामा घाइते भएका  ५ जनाको   स्थानिय अस्पतालमा उपचार भैरहेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor