पाकिस्तानमा १७ जनालाई मृत्युदण्ड

Posted by Unknown on Thursday, January 15, 2015 | 0 comments


कराची, १ माघ । 
पाकिस्तानमा गत महिना मात्र ल्याइएको मृत्युदण्डको कानुनपछि महिना दिनभित्रै १७ जनालाई मृत्युदण्ड दिइएको अधिकारीहरुले बताएका छन् । 
 
प्राप्त पछिल्लो समाचारमा जनाइएअनुसार पाकिस्तानमा बिहीबार मात्र पनि एकजनालाई झुन्ड्याएर मारिएको छ । सो दण्डपछि त्यहाँ यस्तो कारबाही पाउने व्यक्तिको सङ्ख्या १७ पुगेको हो । 
 
त्यहाँ गत मङ्गलबार मात्र सातजनालाई मृत्युदण्ड दिइएको थियो । आतङ्कवादी क्रियाकलापमा संलग्न रहेको मुद्दा खेपिरहेका ती सातजनालाई मङ्गलबार मृत्युदण्ड दिइएको बताइएको छ । 
 
बिहीबार यो झुन्ड्याएर मृत्युदण्ड दिइएका व्यक्ति पनि आतङ्ककारी क्रियाकलापमा संलग्न रहेको आरोपमा मुद्दा खेपिरहेका अधिकारीले जनाएका छन् । योसहित पाकिस्तानमा गएको महिनादिनमा मात्र मृत्युदण्ड दिइएको व्यक्तिको सङ्ख्या १७ पुगेको समाचारमा उल्लेख गरिएको छ । 
 
गएको डिसेम्बर १६ मा पाकिस्तानको पेसावरमा रहेको एक सैनिक विद्यालयमा पाकिस्तानी तालिवानहरूले आक्रमण गरी १३४ जना साना बालबालिकासहित १५० जनाको हत्या गरेको घटनापछि त्यहाँको सरकारले मृत्युदण्डसम्बन्धी कानुन पुनः ल्याइएको हो । 
 
पाकिस्तानमा गएको छ वर्षदेखि प्रतिबन्ध लगाइएको मृत्युदण्डको कानुन गत महिनादेखि पुनः पाकिस्तानी प्रधानमन्त्री शरिफले खुला गर्नुभएको बताइएको हो । 
 
विद्यालयमा अध्ययनरत बालबालिकामाथि नै यो जघन्य अपराध गरेपछि पाकिस्तान सरकारले यस्ता आतङ्कवादी क्रियाकलापमा संलग्न हुने व्यक्तिलाई मृत्युदण्डको सजाय दिइने गरी कानुनमा संशोधन गरेको हो । 
 
पाकिस्तानमा प्रतिबन्धित एक आतङ्कवादी सङ्गठन लस्कार एक जाङ्भीसँग आवद्ध मोहम्मद सइदलाई बिहीबार पाकिस्तानको कराचीमा रहेको केन्द्रीय जेलमा झुन्ड्याएर मारिएको नाम नबताउने सर्तमा एकजना अधिकारीले बताएका छन् । रासस/एएफपी

0 comments for "पाकिस्तानमा १७ जनालाई मृत्युदण्ड"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor