संविधान निर्माणमा प्रेस चौतारी चितवनको खवरदारी

Posted by Unknown on Friday, January 16, 2015 | 0 comments


चितवन, माघ २ 
ताोकिएकै मितिमा संबिधान निर्माणको माग गर्दै प्रेस चौतारी चितवनले स्थानिय प्रशासन मार्फत सभाध्यक्ष र सभासदहरुलाई खवरदारी पत्र पठाएको छ । आज प्रशासन कार्यालयमा चौतारी चितवनका अध्यक्ष तीर्थ नेपालले प्रशासकिय अधिकृत शेषकान्त पौडेललाई खवरदारी पत्र हस्तान्तरण गर्नुभयो । पत्रमा माघ ८ मा संबिधान जारी गर्ने अवस्था टर्दै गएकाले जनताको अभिमतलाई सम्मान गर्दै तोकिएको मितिमा काम सम्पन्न गर्ने दिशामा संविधान सभा अघि बढ्नुपर्नेमा जोडदिइएको छ । दिनरात नभनी छलफलमा जुटेर जनभावनाको कदर गर्न भन्दै प्रेस चौतारीले खवरदारी पत्र संगै दाल, चामल, तेल, नुन र बेसार पनि पठाएको छ । सांकेतिक रुपमा दवाव सिर्जना गर्न पनि खाद्यान्न पठाइएको अध्यक्ष नेपालले जानकारी दिनुभयो । सो क्रममा पत्रकारहरुले प्रशासनमा एक घण्टा धर्ना समेत दिएका थिए । कार्यक्रमलाई संवोधन गर्दै नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोख्रेलले संबिधान निर्माणका लागि अव सवैले दवाव दिनुपर्ने बेला आएको बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी नारायणी अञ्चल अध्यक्ष तीलकराम रिमालले जनताको भविष्य संग जोडिएकाले संविधान निर्माणमा बिलम्व गर्न नहुनेमा जोड दिनुभयो । धर्नामा जिल्लाका ३ दर्जन पत्रकार र मानवअधिकारकर्मी सहभागी थिए ।

0 comments for "संविधान निर्माणमा प्रेस चौतारी चितवनको खवरदारी"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor