जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा चितवन डोजाङ प्रथम

Posted by Unknown on Friday, January 16, 2015 | 0 comments



माघ २ गते 
रत्ननगर ५ चित्रसारीमा भएको ४५ औं चित्रसारी जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा चितवन डोजाङ टिम प्रथम भएको छ । आज सम्पन्न प्रतियोगितामा चितवन डोजाङले २ स्वर्ण,२ रजत र २ कास्य जित्दै प्रथम भएको हो ।  २ स्वर्ण,१ रजत र २ कस्या पदक जितेर चित्रवन तेक्वान्दो डोजाङ वीरेन्द्रनगर द्धितीय भएकोे छ भने २ स्वर्ण र १ रजत पदक जितेर कुमरोज तेक्वान्दो डोजाङ तृतीय भएको चित्रसारी तेक्वान्दो डोजाङका प्रमुख एवम् अन्र्तराष्ट्रिय प्रशिक्षक किरण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा १ स्वर्ण,२ रजत र ४ कास्य पदक जितेर आयोजक चित्रसारी तेक्वान्दो डोजाङले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा महिला तर्फ चितवन तेक्वान्दो डोजाङकी अनुपमा तामाङ र पुरुष तर्फ सौराहा तेक्वान्दो डोजाङका विनोद तामाङ उत्कृष्ट खेलाडी घोषित भएका छन । प्रतियोगितामा १२ स्वर्ण,१२ रजत र २४ कास्यका लागी २ सय खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । १९ डोजाङका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको निर्णायकमा चितवन जिल्ला तेक्वान्दो संघका अध्यक्ष पुष्पराज जोशी र उपाध्यक्ष रोशन खान रहनुभएको थियो । समापन कार्यक्रम चित्रसारी तेक्वान्दो डोजाङका प्रमुख किरण श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

0 comments for "जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा चितवन डोजाङ प्रथम"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor