तमिल समर्थकले भने ‘सलमान खान कसाई हुन्’

Posted by Unknown on Thursday, January 15, 2015 | 0 comments


पुस २० – बलिउड अभिनेता सलमान खानको घर अगाडि तमिल संगठनले प्रदर्शन गरेका छन् । तमिल संगठनले आइतबार सलमानको मुम्बइमा रहेको ग्यालेक्सी अपार्टमेन्टको बाहिर प्रदर्शन गरेका हुन् । उनीहरुले सलमानले श्रीलंकामा गएर राष्ट्रपति महिन्दा राजपाक्षेको पक्षमा चुनाव प्रचार प्रसार गरेको विरोधमा प्रदर्शन गरेका हुन् । सलमान केही दिनअघि अभिनेत्री ज्याकलिन फर्नान्डेजसँगै राजपाक्षेको चुनाव प्रचारका लागि श्रीलंका गएका थिए । श्रीलंकामा यही जनवरी ८ मा राष्ट्रपति निर्वाचन हुँदैछ । डिएमके पार्टीका प्रवक्ता टिकेएस इलांगोवनले सलमानलाई कसाईको संज्ञा पनि दिनुभयो । श्रीलंकामा भारतीयप्रति राम्रो व्यवहार नभएको र भारतकै अभिनेता गएर चुनाव प्रचार गर्नु कसाई बराबर भएको इलांगोवनले बताए ।
प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ भने सलमानको घर वरपर सुरक्षा बढाइएको छ । प्रदर्शनकारीहरुले सलमानको कुनै पनि चलचित्र तमिलमा रिजिल गर्न नदिने बताएका छन् ।

0 comments for "तमिल समर्थकले भने ‘सलमान खान कसाई हुन्’"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor