गंगा नदीमा ८० शव फेला

Posted by Unknown on Thursday, January 15, 2015 | 0 comments


लखनउ (एएफपी), माघ १ - भारतको गंगा नदीमा बुधबार ८० शव भेटिएका छन् । त्यहाँ लाखौं लाख हिन्दूधर्मावलम्बीले पूजाअर्चना तथा स्नान गर्छन् । उक्त नदीमा हिन्दु धर्मावलम्बीले अन्तिम संस्कार पनि गर्छन् । यही कारण उक्त नदीको पानीको गुणस्तर खस्किएको चर्चा भइरहेकै बेला बुधबार ती शव तैरिएको अवस्थामा भेटिएका छन् । 

उत्तर प्रदेशमा एक घाटनजिकै ती शव तैरिएको अवस्थामा भेटिएका स्थानीय नागरिक र प्रहरीले जनाएका छन् । ती शव नदीमा अकस्मात् भेटिएपछि प्रहरीले निकालिरहेको बताइएको छ । साथै, ती शवमा गिद्द र कुकुर झुलिरहेका दृश्य पनि टेलिभिजनमा देखाइएको छ । भेटिएका शवको संख्या त्योभन्दा पनि धेरै रहेको बताइन्छ । जिल्ला मेजिस्ट्रेट सौम्य अग्रवालका अनुसार यो संख्या सयसम्म पुग्न सक्छ । यतिखेर नदीमा पानीको मात्रा बढ्न थालेेकाले किनारमा गाडिएका शव बाहिर निस्कएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । 

'के कति कारणले ती शव बाहिर आए भन्नेबारेमा अनुसन्धान सुरु गरिएको छ, यसका लागि चिकित्सकको टोली पनि त्यहाँ पठाइएको छ,' अग्रवालले भने ।

0 comments for "गंगा नदीमा ८० शव फेला"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor