विमानको मुख्य भाग फेला

Posted by Unknown on Thursday, January 15, 2015 | 0 comments


जकार्ता (बीबीसी), माघ १ - जाभा समुद्रमा दुर्घटनाग्रस्त एयर एसिया विमानको मुख्य भाग पत्ता लागेको र त्यसका तस्बिरहरू लिइएको अधिकारीहरूले जनाएका छन् । 

सिंगापुरका रक्षा मन्त्री योंगहागले फेसबुक पृष्ठमा उक्त भागको तस्बिर राखेका छन् । सिंगापुरको सर्च रोबोटले ती तस्बिर खिचेको हो । भग्नावशेष थलोमा लेखिएको शब्दले त्यो विमान क्यूजेड ८५०१ भएको पक्का भएको उनले जानकारी दिए । उनले यस बारेमा इन्डोनेसियाको खोज तथा उद्दार दललाई खबर गरिसकिएको बताए । भग्नावशेषमाथि एयर एसियाको नारा 'अब सबै उड्न सक्छन्' लेखिएको छ । 

गत २८ डिसेम्बरमा इन्डोनेसियाको सुराबायाबाट १ सय ६२ जनासहित सिंगापुरका लागि उक्त विमान उडेको थियो । त्यसमा सवार अधिकांश इन्डोनेसियाली नागरिक छन् । अहिलेसम्म थुप्रै शवहरू फेला परिसकेको छ । 

तर, अधिकांश यात्रु र विमानका कर्मचारी उक्त मुख्य भागमा हुनुपर्ने विश्वास गरिएको छ । त्यही भएर त्यो पत्ता लाग्नुलाई महत्त्वपूर्ण खोज मानिएको छ । अहिलेसम्म विमानको दुई फ्लाइट रेकर्डर र पुच्छर भाग बरामद गरिसकिएको छ । दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्सको सूचनाको अनुसन्धानकर्ताहरूले विश्लेषण गरिरहेका छन् ।

0 comments for "विमानको मुख्य भाग फेला"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor