बारामा २० करोडको लगानीमा धुँवा-धुलो नियन्त्रण गर्ने प्लान्ट निर्माण (भिडियोसहित)

Posted by Unknown on Wednesday, January 14, 2015 | 0 comments


बारा, पौष १७ । 
बारास्थित जगदम्बा स्टिल सिमराले मुलुकमै पहिलोपटक धुँवा र धुलो नियन्त्रण गर्ने अत्याधुनिक ‘डिभाइस प्लान्ट’ सन्चालनमा ल्याएको छ । पथलैया–वीरगन्ज औद्योगिक करिडोरमा रहेको कम्पनीले २० करोडको लागतमा जापानी प्रविधिको प्लान्ट सन्चालनमा ल्याएको हो । प्लान्टबाट उद्योगमा सन्चालित ७ ओटा छड उत्पादन गर्दा बल्ने भट्टी र विभिन्न प्लान्टबाट निस्केको धुँवा पाइप हुँदै उद्योगको अघिल्लो भागमा बनाइएको ओसिलो भवनमा संकलन हुनेछ । संकलित धँुवासँग मिसिएर आएका फलामका ‘डस्ट’हरु वजनदार भएर तल्लो भागमा जम्मा हुने छन् भने बाँकी हल्का धँुवा फेरि फिल्टर भएर सोही मेसिनमार्फत् नयाँ जडान गरिएको पाइपबाट बाहिर निस्कने छ । कम्पनीले फिल्टर भइ निस्कने धँुवा प्रदुषणरहित हुने दाबी गरेको छ । उपकरण सन्चालनपछि प्रदूषणमा ७० प्रतिशत कमी आएको उद्योगले जनाएको छ । गत वर्ष चैत्र ५ गते स्थानीय बासिन्दाहरुले उद्योगबाट निस्कने धुँवा र धुलो नियन्त्रण गर्न दबाब दिएका थिए । दबाबस्वरुप स्थानीयबासिन्दाले १९ दिन उद्योग बन्द गराएपछि उद्योगले ६ महिनाभित्र प्रदूषण नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको थियो ।

0 comments for "बारामा २० करोडको लगानीमा धुँवा-धुलो नियन्त्रण गर्ने प्लान्ट निर्माण (भिडियोसहित)"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor