देशभर बन्दले फिल्म डुबे, 'अलबिदा', 'आभाष' र 'तथास्तु' मारमा

Posted by Unknown on Wednesday, January 14, 2015 | 0 comments



देशभर विभिन्न नाममा हुन थालेका बन्दले फिल्म नगरीलाई पनि ठूलो असर परेको छ । शुक्रबारबाट प्रदर्शनमा आएका ३ ठूला फिल्मलाई बन्दले नराम्रोसँग थन्काएको छ । 
'अलबिदा'का निर्माता हसन खान बन्दका कारण व्यापार कमजोर बनेको बताउछन् । 'आभाष'का निर्देशक सुरेन्द्र पौडेलले फिल्म राम्रो रहेको प्रतिक्रिया आउँदा आउँदै पनि बन्दका कारण व्यापार राम्रो नभएको बताए । यता 'तथास्तु' पनि बन्दका कारण मारमा पर्‍यो । 
यी ३ फिल्म प्रदर्शनमा आएको दिनदेखि विभिन्न पार्टीले विभिन्न स्थानमा बन्दको आयोजना गरिरहेका छन् । बन्दका कारण फिल्मको व्यापार मात्र कमजोर बनेको छैन फिल्मीकर्मी पनि घरमै थन्किएका छन् । 
अभिनेता राजेश हमालले बन्दका कारण आफ्ना कामहरू स्थगित भएको फेसबुकमा जनाएका छन् । हमालले फेसबुकमा सबै कार्यक्रम स्थगित गरेको भन्दै घरमै पुस्तक पढेर र फिल्म हेरेर समय बिताएको लेखेका छन् । हमालको जस्तै कुरा अन्य कलाकारको पनि छ ।
माघ ५ गते नेपाल बन्द र त्यो भन्दा अगाडि पनि विभिन्न नाममा बन्द हुँदा फिल्मीकर्मी समस्यामा परेको पाइन्छ । माघ २ गतेबाट प्रदर्शनमा आउने तयारीमा लागेका 'इच्छा'लाई बन्दले प्रभाव पार्ने देखिन्छ । जसका कारण 'इच्छा'को प्रदर्शन मिति केही पर सार्ने तयारी पनि गरिएको छ ।

0 comments for "देशभर बन्दले फिल्म डुबे, 'अलबिदा', 'आभाष' र 'तथास्तु' मारमा"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor