टुँडिखेलमा मोबाइल फ्याँक्ने प्रतियोगिता (भिडियो)

Posted by Unknown on Wednesday, January 14, 2015 | 0 comments


काठमाडौं, पौष २६ ।
रोटरी क्लब अफ रुद्रमति काठमाडौंले विभिन्न रोट्रयाक्ट क्लबसँग मिलेर काठमाडौंको टुँडिखेलमा मोबाइल फ्याँक्ने प्रतियोगिताको आयोजना गरेको छ । मुगुको हितबडा गाविसका दुई सय महिलाहरुलाई निःशुल्क मोबाइल उपलब्ध गराउने उद्देश्यले पुराना मोबाइल संकलन गर्नेक्रममा यो प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै शनिबार उद्योगमन्त्री महेश बस्नेतले आफ्नो एउटा पुरानो मोबाइल दिएर प्रतियोगितामा सहभागी भए ।
प्रतियोगिताबाट संकलन भएको पुरानो मोबाइलहरु बिक्री गरी मुगुका महिलाहरुलाई इन्टेक्स कम्पनीको नयाँ मोबाइल उपलब्ध गराइने आयोजकले जनाएको छ । प्रतियोगितामा महिला, पुरुष र बालबालिका गरी तीन विधा छुट्याइएको छ । तीनै विधामा सबैभन्दा टाढासम्म मोबाइल फ्याँकेर प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई क्रमशः इन्टेक कम्पनीको १४ हजार, १० हजार र ७ हजार रुपैयाँसम्म पर्ने मोबाइल पुरस्कारस्वरुप प्रदान गरिनेछ ।

0 comments for "टुँडिखेलमा मोबाइल फ्याँक्ने प्रतियोगिता (भिडियो) "

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor