वहुमत सभाषदको हस्ताक्षर

Posted by Unknown on Tuesday, January 13, 2015 | 0 comments


पुष ३० गते
बहुमतीय प्रक्रियाबाट भए पनि संविधान जारी गर्न माग गर्दै हस्ताक्षर गर्ने सभासदहरुको संख्या दुई तिहाई पुगेको छ ।कांग्रेस र एमालेका युवा सभासदहरुको अगुवाइमा शुरु भएको हस्ताक्षर अभियानमा संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालले समेत साथ दिएपछि संख्या दुई तिहाई पुगेको हो ।राप्रपा नेपालले माघ ८ मै संविधान जारी गर्नका लागि हस्ताक्षर गरेको त्यस पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीले बताउनुभयो । उहाँले संविधानका अन्तरवस्तुमा भने कांग्रेस एमालेसँग आफूहरुको फरक मत रहेको बताउनुभयो । माघ ८ मै संविधान जारी हुनुपर्ने भनेर शुरु भएको सभासदको हस्ताक्षर अभियानमा शीर्ष नेता र संवाद समितिमा रहेकाहरुलाई सही गराउन बाँकी नै रहेको एमाले सभासद शेरवहादुर तामाङले बताउनुभयो । अहिलेसम्म दुई तिहाई भन्दा बढि सभासदले हस्ताक्षर गरिसकेको र केही सभासदले हस्ताक्षर गर्ने पनि चलिरहेको कांग्रेस सभासद रामहरि खतिवडाले जानकारी दिनुभयो । कांग्रेस, एमाले, राप्रपा नेपाल, राप्रपा, नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, बहुजन समाज पार्टी र स्वतन्त्र सभासदहरुले हस्ताक्षर गरेका छन ।

0 comments for "वहुमत सभाषदको हस्ताक्षर"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor