रत्ननगरबाट खैरो हिरोईनसहित सात जना पक्राउ

Posted by Unknown on Tuesday, January 13, 2015 | 0 comments


पुष २९ गते 
पुर्वी चितवन रत्ननगरबाट प्रहरीले खैरो हिरोईन व्यापार गर्ने एक गिरोह पक्राउ गरेको छ । रत्ननगर ८,निपनी चोकबाट ३४.९ ग्राम खैरो हिरोईनका लागुऔषध व्यापारीको एक गिरोहलाई ईलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरी टोलिले आइतबार पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आज इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गिरोहका नाइके भारतको मोतिहारी, हरपुर १२ रामपुर बस्ने ४२ बर्षिय जमालुदिन मिया सहित चितवन र मकवानपुर जिल्लाका अन्य ६ जनालाई पक्राउ गरिएको छ । जमालुदिनसहित चितवनको भरतपुर उप माहनगरपालिका १० बस्ने ३० बर्षिय राघव भन्ने उमेश कोइराला,रत्ननगर ८ बस्ने बर्ष २१ बर्षिय राजन बोहरा,खैरहनी १ बस्ने २६ बर्षिय उद्यव धमला,मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा न २ बस्ने २१ बर्षिय शिशिर राज ठल्ला, हेटौंडा १ बस्ने २२ बर्षिय २२ ईराज श्रेष्ठ र हेटौंडा १० बस्ने बर्ष २१ को जेनिस कायस्थ रहेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख एवम प्रहरी नायव निरीक्षक टीका बहादुर कार्कीले जानकारी दिनुभयो । विशेष सुराकीका आधारमा प्रहरी निरीक्षक मुकुन्द प्रसाद रिजालको नेतृत्वमा खटिएको प्रहरीले उनिहरुलाई उक्त परिमाणको लागुऔषध खैरो हिरोईन सहित पक्राउ गरेको हो। उनीहरुको साथबाट सात थान मोबाइल समेत बरामद गरिएको छ । उनिहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा चलाईने प्रहरी निरीक्षक रिजालले जानकारी दिनुभयो ।उनीहरुलाई १० देखी १५ बर्ष कैद र ७५ हजार देखि २ लाखसम्म जरिवाना हुन सक्ने रिजालले बताउनुभयो।

0 comments for "रत्ननगरबाट खैरो हिरोईनसहित सात जना पक्राउ"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor