धान्याचलको आयव्यय सार्वजनिक

Posted by Unknown on Tuesday, January 13, 2015 | 0 comments


पुष २९ 
गते पुर्वी चितवनको खैरहनी नगरपालिका १२ स्थित धर्मेश्वर सामुदायिक निम्न माध्यमिक विद्यालयमा यही पुषको पहिलो हप्ता भएको धनधान्याचल ज्ञान महायज्ञको आज आयव्यव सार्वजनिक गरिएको छ । धान्याचल मुल समारोह समितिले विद्यालयमा पत्रकार सम्मेलन गरी धान्याचलको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो । धान्याचलमा कुल ६९ लाख २५ हजार ७ सय ३२ रुपैया संकलन भएको र १३ लाख ७३ हजार ८ सय ७७ रुपैया खर्च भएको महायज्ञका सदस्य सचिव एवंम विद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । आम्दानीबाट खर्च कटाई ४३ लाख ९१ हजार ३ सय २ रुपैया कुल जम्मा हुने सुवेदीले वताउनुभयो । महायज्ञमा कुल १९ लाख ८२ हजार २ सय ८६ नगद आम्दानी भएको समेत उहाँले जानकारी दिनुभयो । महायज्ञमा संकलन भएको मध्ये वोलकवोलबाट १४ लाख ५६ हजार ७ सय ९६ नगद आम्दानी भएको तथा ३४ लाख ७५ हजार ३ सय २८ उठ्न वाँकी रहेको प्रधानाध्यापक सुवेदीले वताउनुभयो । विद्यालयको भौतिक पुर्वाधार पुर्ण गर्न,कम्प्युटर शिक्षा लागु गर्न,पुर्ण रुपमा अग्रेजी माध्यमबाट पठनपाठन संचालन र अक्षय कोष स्थापना गर्ने उदेश्यले महायज्ञ आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा मुल समारोह समितिका संयोजक राजुप्रसाद सिलवालले यही माघको दुई गतेदेखी महायज्ञमा वोलकवोल गरिएको रकम संकलन गर्ने कार्य संगै भौतिक पुर्वाधार निर्माण कार्य सुरु गर्ने जानकारी दिनुभयो । पुष १ गतेदेखी ९ गते सम्म भएको महायज्ञमा माधुर्य वाचक वालकृष्ण अर्यालले कथा वाचन गर्नु भएको थियो । पत्रकार सम्मेलनमा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तेजप्रसाद वर्तौला,वुढी राप्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त तिमल्सीना,साविक कुमरोज गाविसका नेपाली काग्रेशका सभापति वालकुमार उप्रेती,संस्थापक प्रधानाध्यापक रामवहादुर वोगटी,चन्दादाता तोयानाथ कडेंल,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलाप्रसाद महतो चौधरी लगायतले संकलित रकम पारदर्शी तरिकाले खर्च गर्न सुझाव दिएका थिए ।

0 comments for "धान्याचलको आयव्यय सार्वजनिक"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor