पोखरा कप: नेपाल पुलिस क्लब उपाधि नजिक

Posted by Unknown on Thursday, January 15, 2015 | 0 comments


कास्की, माघ १ - डिफेन्डिङ च्याम्पियन मनाङ-मस्र्याङ्दी क्लब मनकामना केबुलकार पोखरा कपको सेमिफाइनलबाट बुधबार बाहिरिएको छ । मनाङका लागि विभागीय टिम नेपाल पुलिस क्लब बाधक बन्यो । दोस्रो र तेस्रो पोखरा कपको उपाधि विजेता मनाङको फाइनलमा पुगेर ह्याट्रिक गर्ने सपना चकनाचुर भएको छ । पहिलो सेमिफाइनलमा उसलाई २-१ ले पन्छाउँदै नेपाल पुलिस क्लब उपाधि नजिक पुगेको हो ।


यसअघि दुई खेल खेलेर सेमिफाइनलमा प्रवेश पाएको पुलिसले रूपन्देही फुटबल संघ र विभागीय नेपाल आर्मीलाई हराएको थियो । पुलिसका लागि भरत शाह र जुमनु राईले एक/एक गोल गरे । मनाङका लागि एक मात्र गोल कप्तान अनिल गुरुङले हाने । पुलिसका लागि भरत शाहले गोल गर्दै खाता खोले । खेल सुरु भएको चार मिनेटमै पेनाल्टी क्षेत्र नजिकबाट विपक्षी गोलकिपर विशाल श्रेष्ठलाई बिट गर्दै भरतले गोल गरे । जुमनु राईले हेडमार्फत क्रस गरेको बललाई भरतले खेर फालेनन् । भरत प्रतियोगिताको 'म्यान अफ द म्याच' घोषित भए । 

मनाङका तर्फबाट १६ औं मिनेटमा अनिल गुरुङले गोल गरेर खेल बराबरीमा ल्याए । विशाल राईले प्रहार गरेको कर्नरलाई अनिलले ६ यार्ड दूरीबाट गरेको हेडर बललाई विपक्षी गोलरक्षक रितेश थापाले बचाउको मौका नै पाएनन् । खेल बराबरीमा पुगेपछि पुलिस आक्रामक रूपले अघि बढ्यो । पुलिसका लागि जुमनु राईले निणर्ायक गोल गरे । मनाङले गोल गरेको चार मिनेटपछि पुलिसका कप्तान जुमनुले गोल गर्दै आपmनो टिमलाई २-१ को अग्रता दिलाए । पुलिसले पहिलो हाफमा २-१ को अग्रता लिएको थियो । दोस्रो हाफमा भने कुनै गोल हुन सकेन । खेलको ३३ औं मिनेटमा घाइते भएर जुमनु मैदानबाट बाहिरिएपछि पुलिसको खेलमा तालमेल मिल्न सकेन । 

दोस्रो हाफमा मनाङले गोलका केही अवसर सदुपयोग गर्न सकेन भने पुलिसले पनि गोल थप्ने मौका गुमायो । खेलमा मनाङका हेमन गुरुङले रातो कार्ड पाए । खेल सुरुवातमा गोल भए पनि दोस्रो हाफमा पासको तालमेल मिलाउन नसक्दा गोल गर्ने अवसर चुकेको पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले बताए । 'सुरुवातमा आक्रामक खेलेर गोल गर्‍यौं, प्रशिक्षक श्रेष्ठले भने, 'दोस्रो हाफपछि टिमले हार्ड गेम खेलेन ।'

 डिफेन्सबीच तालमेल नमिल्दा गोल खानु परेको मनाङका प्रशिक्षक नवीन न्यौपानेले बताए । 'अवसर पाएर पनि धेरै मौका चुके,' न्यौपानेले भने, 'पुलिसको टिमलाई नकार्न मिल्दैन, रामै्र खेल्यो ।'

0 comments for "पोखरा कप: नेपाल पुलिस क्लब उपाधि नजिक"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor