श्री ५ अम्बरे प्रदर्शनका लागि अष्ट्रेलियामा

Posted by Unknown on Wednesday, January 14, 2015 | 0 comments



हाम्रै वरपर ,घर दखि अफिस सम्म र अफिस देखि बजार सम्म बाटोमा बसिरहेका र केहि गरिरहेका एउटा वर्ग देखिन्छ । जसलाई मानिसहरु सधै उपेक्षा गर्छन् र घृणा गर्छन् । सडकलाइ नै घर बनाएर बसेको त्यो वर्ग जसलाई हरेक दिन देखिन्छ तर महशुस गर्न सकिदैन । त्यहि वर्गभित्र जीवन जिउन संघर्ष गरिरहेको पात्र हो अम्बरे जसले राजा बन्ने सपना देखेको छ । उसको सपना के होला रु त्यो श्री ५ अम्बरेले देखाउनेछ । चलचित्रको शुभआरम्भ देखिनै दर्शक माझ आफ्नो छाप छोड्न सफल उक्त चलचित्रले नेपाल प्रर्दशन पश्चात धेरैको वाहावाहि पायो र व्यापार पनि उत्साहजनक गर्यो । नेपाल पश्चात अमेरिकामा पनि यसले दर्शकको मन जितिरहेको छ । अब यहि चलचित्र श्री ५ अम्बरे अस्ट्रेलियामा पनि प्रर्दशन हुने भएको छ । अष्ट्रेलियामा रहेको डाइनेमिक मिडिया प्रोडक्शन एण्ड डिष्ट्रीब्युशन सर्भिसले देशभर श्री ५ अम्बरेलाई प्रर्दशन गर्नेछ । यहि आँउदो फ्रेबुअरी २ तारिकका दिन अष्ट्रेलियाको सिड्नीमा चलचित्र प्रदर्शन हुने कुरा आयोजकले बताए । आयोजक डाइनेमिक मिडिया प्रोडक्शन एण्ड डिष्ट्रीब्युशन सर्भिसका संचालक राम रुवालीले अष्ट्रेलियामा नेपाली कला र संस्कृति उत्थान गर्ने विभिन्न कार्य अन्तर्गत राम्रा नेपाली चलचित्रहरुलाई पनि यहाँ बस्ने नेपालहिरुको पहुँचमा ल्याउनको लागि यो पहल गरेको बताए । जिवनसाथी फिल्मसको व्यानरमा निर्मित चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई , मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ । यस चलचित्रमा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत गरेका छन् । चलचित्रको गीतलाइ शिव परियार, यम बुद्ध, मिलन अमात्य, प्रह्लाद तिमल्सेना, सरिता वली, सनुप पौडेल र रत्न सुब्बा आदीले स्वर भरेका छन् । चलचित्रमा पार्श्व संगीत विनोद कुमार भुजेलको रहेको छ भने विनय अधिकारीले साउण्ड डिजाइन गरेका छन् । चन्दन दत्तको सम्पादन रहेको चलचित्रलाई गणेश श्रेष्ठले छायाँकन गरेका हुन । टि। एन। आचार्य र दिपक आचार्य निर्माता रहेका छन । अभिमन्यू निरवीको लेखन रहेको चलचित्रलाई दीपा बस्नेतले निर्देशन गरेकी छिन ।

0 comments for "श्री ५ अम्बरे प्रदर्शनका लागि अष्ट्रेलियामा"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor