आम्दानी वढाउन रनपाले श्रोत खोज्ने

Posted by Unknown on Wednesday, January 14, 2015 | 0 comments


पुष ३० गते
रत्ननगर नगरपालिकाले आन्तरीक आम्दानी वढाउन श्रोतको खोजी गर्ने वताएको छ । १९ औं नगरपरिषदे पारित गरेका निति कार्यक्रम तथा वजेट सार्वजनिक गर्न बुधवार आयोजित पत्रकार सम्मेलनमा श्रोतहरुको खोजी गरी करको दायरामा पार्ने र करको दायरामा नआएका व्यक्ती,उद्योगी,व्यवसायी,संघसंस्थाहरुलाई करको दायरामा ल्याउन राजश्व परिचालनको निति अवलम्न गरिने जानकारी दिईएको हो । रत्ननगर नगरपालिकाको १४,१५ र १६ नम्वरको वडा सेवा केन्द्र पिठुवामा भएको पत्रकार सम्मेलनमा नगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद पाण्डेले राजश्व परिचालनका लागी पर्यटन शुल्क,घरवहाल कर,सरसफाई शुल्क,पार्किङ शुल्क,ढल निकास सुविधा शुल्क जस्ता कर लगाउने जानकारी दिनुभयो । सो अवसरमा कार्यकारी अधिकृत पाण्डेले नगरका १९ वटै वडाको पुरानो भौतिक संरचनाहरुमा क्षेत्र र संरचनाको वनोट अनुसार ४० देखी ७० प्रतिशत सम्म छुट दिई नक्सा अनुमोदन गर्ने वताउनुभयो । आउँदो साउन मसान्त सम्म नक्सापासमा यो छुट दिईने नगरपालिकाले जनाएको छ । नगरपालिकाले स्वच्छ,सुन्दर ,समृद्ध नमुना नगरी मोडेल सिटी,स्मार्ट सिटीका रुपमा विकास गर्ने पनि वताएको छ । नगरस्तरीय चक्रपथको अवधारणामा जानका लागी योजना वनाई नगरवस संचालन गर्ने तयारी समेत गरेको कार्यकारी अधिकृत पाण्डेले जानकारी दिनुभयो । नगरपरिषदले कुल १६ करोड २० लाख ८५ हजारको वजेट निति तथा कार्यक्रम समेत पारित गरेको छ । कुल वजेट मध्ये आन्तरीक श्रोतबाट ३ करोड ७१ लाख ३२ हजार र वाह्य श्रोतबाट १२ करोड ४९ लाख ५३ हजार जुटाउने लक्ष्य लिएको छ । सरकारको पछिल्लो निर्णय अनुसार साविक वछौली र पिठुवा गाविसलाई समायोजन गरी नगरपालिका विस्तार गरिएकाले सवैको सभागीताका लागी नगरपरिषदको उद्घाटन शत्र वछौली,वन्द शत्र रत्ननगर र समापन तथा पत्रकार सम्मेलन पिठुवामा गरिएको नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तोरणराज पौडेलले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा संस्थापक नगर प्रमुख नारायण वनले सवैको साझा प्रयासले मात्रै रत्ननगर रत्न वन्ने भएकाले आम नगरवासीको सहयोग आवश्यक पर्ने वताउनुभयो । सो अवसरमा नेपाली काग्रेशका दण्डपाणी लामिछाने,नेकपा एमालेका गोविन्द रिजाल,एकिकृत नेकपा माओवादीका राजु अम्गाई,क्षेत्रिय होटल संघका महासचिव राममणी खनाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले मन्तव्य राखेका थिए ।

0 comments for "आम्दानी वढाउन रनपाले श्रोत खोज्ने "

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor