२ विगाहा जग्गामा लगाएको गाँजा नष्ट

Posted by Unknown on Wednesday, January 14, 2015 | 0 comments


पुष ३० गते
चितवनको विकट पहाडी गाविस लोथर ७ गुण्डीमा व्यवसायिक रुपमा लगाईएको करिव २ विगाहा गाँजाखेती प्रहरीले नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक माधवराज खरेलको नेतृत्वमा गएको १६ जनाको प्रहरीको टोलीले अन्दाजी २ विगाहा जग्गामा लगाएको गाँजाखेती नष्ट गरेको हो । यसअघि इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक खरेलको नेतृत्वमै गएको टोलीले लोथर गाविसकै विभिन्न स्थानमा लगाएको साँढे १६ विगाहा जग्गामा लगाएको गाँजाखेती नष्ट गरेको थियो । यसैबीच इलाका प्रहरी कार्यालय रत्ननगरले अवैध २ सय लिटर घरेलु मदिरा बरामद गरेको छ । रत्ननगरको टाँडी वजार तर्फ विक्री गर्न लैजादै गर्दा जुटपानी ,सुर्यपुर र पदमपुर क्षेत्रबाट सो परिमाणको अवैध घरेलु मदिरा वरामद गरेको कार्यालयका प्रहरी निरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । प्रहरीले ८ वटा ग्लालिन र एउटा साईकल समेत बरामद गरेको छ ।  रत्ननगर प्रहरीले घरेलु मदिरा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको छ ।

0 comments for "२ विगाहा जग्गामा लगाएको गाँजा नष्ट "

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor