युवा क्रिकेटर राजु र दीपेन्द्र प्रशिक्षणका लागि लण्डन जाने

Posted by Unknown on Wednesday, January 14, 2015 | 0 comments


३० पुस, काठमाडौं । 
नेपाली यू-१९ क्रिकेट टोलीका कप्तान राजु रिजाल र दीपेन्द्रसिंह ऐरी लण्डन जाने भएका छन् । डेभलोपमेन्ट प्रोगार्म अन्तरगत राजु र दीपेन्द्र मेरिलबोन क्रिकेट क्लब (एमएमसी) जाने भएका हुन् । यसअघि नरेश बुढायर र राजेश पुलामीले पनि एमएमसीमा प्रशिक्षण लिएका थिए । क्यानका अनुसार राजु र दीपेन्द्रले पाँच महिना एमएमसीमा प्रशिक्षण लिनेछन् । उनीहरुले क्लबमा रहँदा बेलायतका विभिन्न स्थानमा टी-२०, एकदिवसीय र तीनदिवसीय क्रिकेट खेल्ने मौका पाउने छन् ।

0 comments for "युवा क्रिकेटर राजु र दीपेन्द्र प्रशिक्षणका लागि लण्डन जाने "

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor