खैरहनी नगरपालिकाको नगरपरिषद भोली

Posted by Unknown on Tuesday, January 13, 2015 | 0 comments


पुष २९ गते
खैरहनी नगरपालिकाको दोश्रो नगरपरिषद भोली हुदैछ । नगरपरिषदले आगामी आर्थिक वर्षका  लागी वजेट निति तथा कार्यक्रम सार्वजनिक गर्नेछ । आगामी आर्थिक वर्ष २०७२/७३ का लागी करिव १२ करोडको वजेट सार्वजनिक गर्ने नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोतम सापकोटाले जानकारी दिनुभयो । प्रक्षेपण गरिएको सो वजेटमा जगेडा कोषसहित रहने कार्यकारी अधिकृत सापकोटाले वताउनुभयो । दोश्रो नगर परिषदले भौतिक पुर्वाधारसंगै कृषि  र पर्यटनलाई पनि प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो । भौतिक पुर्वाधारमा विषेशगरी नगरपालिका अन्र्तगतको पुर्वपश्चिम राजमार्ग विस्तार गर्नुका साथै अन्य भित्री सडकखण्डमा पिच तथा उच्च ग्रावेल गर्ने नगरपालिकाले जनाएको छ । त्यस्तै फोहोरमैला व्यवस्थापनको कार्यका लागी पनि विषेश कार्यक्रम संचालन गर्ने कार्यकारी अधिकृत सापकोटाले जानकारी दिनुभयो ।  सरकारले खैरहनी ,चैनपुर र कुमरोज गाविस मिसाएर गत वैशाखमा खैरहनी नगरपालिका घोषणा गरेको थियो । यसअघि सोमवार चितवनको भरतपुर उपमहानगरपालिका र रत्ननगर नगरपालिकाको नगर परिषद सम्पन्न भएको थियो ।

0 comments for "खैरहनी नगरपालिकाको नगरपरिषद भोली"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor