सामसुङले सार्वजनिक गर्‍यो सबैभन्दा पातलो स्मार्टफोन

Posted by Unknown on Thursday, January 15, 2015 | 0 comments


सामसुङले सबैभन्दा पातलो मोबाइल सार्वजनिक गरेको छ । सामसुङले ग्यालेक्सी ए सेभेन नाम दिएर  अहिलेसम्मकै सबैभन्दा पातलो स्मार्टफोन सोमबार सार्वजनिक गरेको हो । यो स्मार्टफोनका धेरैजसो सुविधा सामसुङकै यसअघिको ग्यालेक्सी अल्फासँग मिल्दाजुल्दा छन् । धातुको फ्रेम भएको यो फोन मात्रै ६ दशमलव ३ एमएम अर्थात ० दशमलव २४५ इन्च मोटो छ ।सामसुङका आइटी तथा मोबाइल प्रमुख जेके सिनले यो फोन स्टाइलिस पनि भएको बताउनुभयो । ग्यालेक्सी ए सेभेनमा ५ दशमलव ५ इन्चको एएमओलिड स्क्रिन, १ दशमलव ८ गिगाहर्जको कोर प्रोसेशर, २ जिबी र्‍याम, १६ जिबीको मेमोरी कार्ड तथा १३ मेगापिक्सलको क्यामेराको फिचर छ । ड्युल सिम लाग्नेमा भने प्रोसेशर १ दशमलव ५ गिगाहर्जको मात्रै रहेको सामसुङले जनाएको छ । ग्यालेक्सी ए सेभेन सामसुङको ए सिरिजका स्मार्टफोन कै निरन्तरा हो । सामसुङले यसअघि गएको नोभेम्बरमा ग्यालेक्सी ए थ्री र ए फाइप सार्वजनिक गरेको थियो । रातो, कालो र सेतो रङमा उपलब्ध हुने ग्यालेक्सी ए सेभेन बजार कहिले आउँछ र मूल्य कति पर्छ भन्ने चाहि खुलाएको छैन । 

0 comments for "सामसुङले सार्वजनिक गर्‍यो सबैभन्दा पातलो स्मार्टफोन"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor