मनाङलाई हराउँदै पुलिस फाइनलमा

Posted by Unknown on Wednesday, January 14, 2015 | 0 comments


३० पुस, काठमाडौं । 
मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै नेपाल पुलिस क्लब पोखरा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा पुलिसले ए डिभिजन लिग च्याम्पियन मनाङमाथि २-१ को जित हात पारेको हो । पोखरा रंगशालामा भएको खेलमा पुसिलले चौथो मिनेटमा भरत साहको गोलबाट अग्रता लिएको थियो । खेलको १६ औं मिनेटमा मनाङका अनिल गुरुङले बराबरी गोल फर्काए । तर, त्यसको तीन मिनेटमा नै जुमानु राईले गोल गर्दै पुसिललाई २-१ को अग्रता दिलाए । खेलको ३३ औं मिनेटमा जुमानुले मैदान छाडे । उनलाई एम्बुलेम्समा राखेर अस्पताल लगिएको छ । खेलमा मनाङले बराबरी गोल गर्ने केही राम्रो मौका पाएपनि सदुपयोग गर्न सकेन । ८३ औं मिनेटमा हेमन गुरुङ दोहोरो पहेँलो कार्ड पाएर १० खेलाडीमा सिमित भयो । खेलमा थप गोल हुन सकेन र पुलिस २-१ को जितका साथ उपाधि नजिक पुगेको छ ।

0 comments for "मनाङलाई हराउँदै पुलिस फाइनलमा"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor