खिचरा महोत्सवमा दर्शकको अत्याधिक भीड

Posted by Unknown on Thursday, January 15, 2015 | 0 comments


धिरज राई र हरि योञ्जनले झुमाए दर्शक

चितवन, माघ १,
पूर्वी चितवनको खैरहनी नगरपालिका–७ सुल्ताना चौरमा जारी दोस्रो खिचरा महोत्सवमा आज दर्शकको अत्याधिक भीड लागेको छ । आज माघे संक्रान्ति (खिचरा) पर्वको दिन भएकाले पनि हजारौं दर्शकले महोत्सव अलोकन गरेको महोत्सव आयोजक मुल समितिका संयोजक नारायणप्रसाद महतोले जानकारी दिए । थारु जातीको नयाँ वर्ष आजदेखि सुरु भएपछि दर्शकहरु मेला हेर्न ओइरिएका थिए । यस्तै महोत्सवमा आज विविध साँस्कृतिक कार्यक्रमहरु भएका छन् । महोत्सवमा उपस्थित हजारौं दर्शकलाई चर्चित गायक धिरज राई र हरि योञ्जनले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाए ।

गायक धिरजले ‘बुद्व वाज वर्न इन’ नेपाललगायतका आधा दर्जनभन्दा बढि गीत प्रस्तुत गरेका थिए । उनको गीतमा दर्शक भुमिएका थिए । दर्शकलाई त्यतीले मात्र पुगेन अर्का चितोने गायक हरि योञ्जनले ‘हेलो सिमरन’ बोलको गीत प्रस्तुत गरेपछि दर्शको खुट्टा भईमा नै रहने । उनीहरुले हरि योञ्जनको गीतमा निकै उफ्रिएर साथ दिएका थिए । दर्शकहरुले वन्स मोर भन्दै हुटिङ गरेपछि गायक हरि योञ्जनले सिमरन गीत तीन पटक सम्म गाएका थिए । उनले अहिले चर्चाको शिखरमा पुगेको ‘हेलो मञ्जरी’ बोलको गीत समेत प्रस्तुत गरेको साँस्कृतिक समितिका संयोजक चन्द्रकुमारी चौधरीले जानकारी दिईन् । यस्तै महोत्सवमा मनोज महतो, संजय चौधरी र रमेश थनेतको प्रस्तुतीले समेत दर्शक झुमेका थिए । यसैगरि महोत्सवमा रत्ननगर डान्स सेन्टर र पर्सा कलामन्दिरको साँस्कृतिक प्रस्तुीत भएको प्रचार प्रसार समितिका संयोजक संजय चौधरीले जानकारी दिए । यही पुस २९ गतेदेखि सुरु भएको महोत्सव माघ ३ गतेसम्म चल्ने छ ।

यसैबीच महोत्सवका अवसरमा आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले सामाजिक कार्यलाई समेत अघि बढाएको छ । आज महोत्सव परिसरमा नै खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ७१ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । यसैगरि महोत्सवको अवसरमा थारु साहित्य सम्मेलनलगायतका कार्यक्रमहरु समेत आयोजना गरिदैछ ।

0 comments for "खिचरा महोत्सवमा दर्शकको अत्याधिक भीड"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor