रु ५ संकलन अभियानले आमाहरुलार्इ खाना खुवायो

Posted by Unknown on Thursday, January 15, 2015 | 0 comments


काठमाडौं, माघ १ - सामाजिक संजाल ट्वीटर प्रयोगकर्ताहरुको साझा संजाल रु ५ संकलन अभियानले माघे सक्रान्तिको अवसर पारि आमाको घरमा रहेका आमाहरुका लागि भोजन कार्यक्रम गरेका छन् । सामाजिक सेवा गर्ने उदेश्यले रु ५ संकलन अभियानले ९ औ कार्यक्रम अन्तर्गत भोजन कार्यक्रम गरेको हो । सोल्टि मोडमा रहेको दिल शोभा श्रेष्ठको आमाको घरमा करिव २५ जना ट्वीटेको सहभागितामा भोजन कार्यक्रम सम्पन्न भएको अभियानका अभियान्ता भरत सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा ट्वीटेहरुले आफै पकाएर करिव ३२ जना बृद्ध आमाहरु र १२ जना असाहाय बालबालिकालाई आफैले भोजन गराएको उहाँले बताउनुभयो । अभियान अन्तर्गत बिहिबार दिउँसो ३ बजे पशुपति बाहिर रहेका असहाय ब्यक्तिलाई चिया तथा खाजा खुवाउने कार्यक्रम रहेको सापकोटाले जानकारी दिनुभयो ।

0 comments for "रु ५ संकलन अभियानले आमाहरुलार्इ खाना खुवायो"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor