खैरहनी नगरपालिकाको वजेट १५ करोड

Posted by Unknown on Wednesday, January 14, 2015 | 0 comments


धु्वराज खनाल,पुष ३० गते 
खैरहनी नगरपालिकाले आर्थिक वर्ष २०७२/०७३ का लागी करिव १९ करोड वरावरको वजेट निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको बुधवार भएको दोश्रो नगरपरिषदले आगामी आर्थिक वर्षका १४ करोड ९४ लाख १४ हजार को निति कार्यक्रम र वजेट सार्वजनिक गरेको हो । परिषदमा नगरपालिकाका प्रमुख एवंम कार्यकारी अधिकृत पुरुषोतम सापकोटाले कृषि,पर्यटन र भौतिक पुर्वाधारलाई प्राथमिकतामा राखेर वजेट निति तथा कार्यक्रम सार्वजनिक गरिएको जानकारी दिनुभयो । कुल वजेट मध्ये ३ करोड ३५ लाख आन्तरीक आम्दानी तथा ११ करोड ५९ लाख १४ हजार वाह्य श्रोतबाट जुटाउने लक्ष्य दिएको कार्यकारी अधिकृत सापकोटाले वताउनुभयो । वजेट सार्वजनिक गर्दै कार्यकारी अधिकृत सापकोटाले कृषिको उर्वर भुमीको सदुपयोग गर्दै कृषिमा व्यवसायीकरण गर्ने,विविधिकरण गर्न सहयोग पुर्याउने वताउनुभयो । त्यस्तै पर्यटनको प्रचुर सम्भावना बोकेको खैरहनी नगरपालिका दक्षिणी र  उत्तर क्षेत्रको भुभागलाई समुचित प्रयोग गर्ने वताउनुभयो । साविकको कुमरोज गाविसको कुमरोज वन तथा त्यसआसपासको सिमसार क्षेत्र र उत्तर तर्फको कंकालीकोट मन्दिर र कंकाली पिकनिक स्पटलाई व्यवस्थित गर्दै त्यसबाट भरपुर फाईदा लिन सकिने उहाँले वताउनुभयो । त्यस्तै नगर क्षेत्र भित्र गरिने भौतिक पुर्वाधार विकासलाई व्यवस्थित र दिगो वनाउन चालु आर्थिक वर्ष भित्रै नगर विकास गुरुयोजना निर्माण गरिने नगरपालिकाले योजना वनाएको छ । हाल नगरपालिकाले नगर क्षेत्र भित्रको पुर्वपश्चिम राजमार्ग सरसफाई तथा विस्तार गर्ने काम गरीरहेको छ । वातावरण संरक्षण शहरी सुन्दरता तथा फोहोर व्यवस्थापनका लागी सरकारबाट पनि सहयोगको आश्वासन पाएका भन्दै कार्यकारी अधिकृत सापकोटाले फोहोर व्यवस्थापनका लागी फोहोर प्रसोधन केन्द्र निर्माण गरिने वताउनुभयो । नगरपरिषद उद्घाटन समारोहका प्रमुख अतिथी चितवन क्षेत्र नम्वर एकका सभाषदका सुरेन्द्र पाण्डेले नयाँ नगरपालिका भएकाले नमुना नगरपालिका वनाउन सक्ने भन्दै सम्भावना रहेकाले समयमै योजना वनाएर कार्यान्वय गर्न आग्रह गर्नुभयो । पुर्वी चितवन कृषिको भण्डार भएकाले यहाँ कृषि क्याम्पस स्थापनाका लागी छलफल भईरहेकाले स्थानियस्तरबाट पहल गर्न पनि नगरपावसीलाई अनुरोध गर्नुभयो । सरकारले घोषणा गरेको नयाँ नगरपालिकालाई थप पाँच करोड दिने निर्णय गरेको जानकारी गराउँदै पुर्वअर्थमन्त्री समेत रहेका नेता पाण्डेले रकम नआएको भए ताकेता गर्नु पर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा पुर्व साँसद सावित्री वोगटी ,नेकपा एमाले चितवनका अध्यक्ष जेएन थपलिया,एमाओवादीका जिल्ला इन्चार्ज इश्वरी भट्टराई, नेकपा मालेका जिल्ला सचिव परशुराम लामिछाने लगायत विभिन्न पार्टीका प्रमुख एवंम प्रतिनिधी,संघसंस्थाका प्रतिनिधी लगायतले वोल्दै विनियोजित वजेट लक्षित वर्गमा पुग्नु पर्नेमा जोड दिएका थिए । नगरपालिकाका इन्जिनियर राजेश कोईरालाले संचालन गरेको कार्यक्रम नगरपालिकाका प्रमुख एवंम कार्यकारी अधिकृत पुरुषोतम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

0 comments for "खैरहनी नगरपालिकाको वजेट १५ करोड"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor