बन्द हड्ताल नगर: निजी क्षेत्र

Posted by Unknown on Thursday, January 15, 2015 | 0 comments


काठमाडौ, माघ १ - जुनसुकै वहानामा हुने बन्द हडताल विरुद्ध करिब ९० वटा व्यवसायिक संस्थाले एक्यवद्धता जनाएका छन् । नेपाल चेम्बर अफ कमर्सको नेतृत्वमा विहीबार जारि विज्ञप्तिमा ८७ संघसंस्थाले विरोध गरेका छन । उद्योग बाणिज्य महासंघ र उद्योग परिसंघले यसअघि नै छुट्टाछुट्टै विज्ञप्ती मार्फत बन्दको विरोध जनाइसकेका छन् ।
बन्द विरुद्ध राजधानीमा गरिएको प्रदर्शन । फाईल तस्विर

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार अहिले बन्द भन्दा काम गरि खान पाउनुपर्ने वातावरण सर्वसाधारणले खोजिरहेकाले विरोध गरिएको हो । 'बन्दका कारण उद्योग व्यवसाय संगै दैनिक काम गरि खानुपर्ने लाखौ सर्वसाधारणको जिविका प्रभावित भइरहेको छ,' उनले भने, 'त्यसैले बन्द सदाका लागि वन्द गर्नुपर्छ भन्दै एकजुट भएका हौ ।'

बन्द हडताल विरुद्धको एक्यवद्धता जनाउनेमा १० वटा वस्तुगत महासंघ र १२ द्धिराष्ट्रिय चेम्बर अफ कमर्श पनि छन । बाकि वस्तुगत संघहरुले बन्दको विरोध जनाएका छन । 'बन्द होईन, काम गर्ने वातावरण देउ, बन्द होइन शान्ति देऊ, बन्दलाई सदा बन्द गरौं' यी संघसंस्थाले संयुक्त रुपमा जारि गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, 'बन्दै बन्दले दैनिक ज्यालादारी काम गरेर खाने गरिव तथा आम नागरिकको जीवन कष्टकर भएकोले वार्ता र संवादको माध्यमद्वारा समस्या समाधान गर्न तथा बन्दलाई सदा बन्द गर्न राजनैतिक दलहरु तथा सम्बन्धित सवैलाई हार्दिक अनुरोध गर्दछौ ।'

0 comments for "बन्द हड्ताल नगर: निजी क्षेत्र"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor