‘जोगी’सँग जिउ बनाउँदै बेलायती राजकुमारकी साली (फोटो कथा)

Posted by Unknown on Thursday, January 15, 2015 | 0 comments


बेलायती राजकुमारी केट मिडल्टनकी बहिनी समेत रहेकी चर्चित लेखिका तथा समाजसेवी पिप्पा मिडल्टनले गत महिना एउटा खुलासा गर्दै सबैलाई आश्चर्यमा पारेकी थिइन् । आफ्नो नितम्ब किम कार्दाशिनको जस्तो सेक्सी नभएकोमा आफ्नो मनमा पश्चाताप रहेको उनको भनाइ थियो । सायद त्यहीँ भएर होला उनले आफ्नो नितम्बलाई ‘सेप’ मा ल्याउन एकजना जोगीको सहारा लिएकी छिन् ।

३१ वर्षकी पिप्पाले हालै चेल्सीमा एक हट योगा कक्षामा सहभागिता जनाइन् । आफ्नो अनौठो योगा अभ्यासका लागि चर्चित योगी स्टेवार्ट गिलक्रिस्टले राजकुमारकी सालीको जिउ सुम्सुम्याइरहेको तथा उनको जिउमाथि चढेको दृश्य निकै अनौठो थियो । विष निकाल्न भन्दै न्यायो पारिएको कोठामा गुन्द्री लिएर पछिल्लो स्थानमा बसेर योगामा सहभागि भएकी पिप्पाको उपस्थितिलाई धेरैले अनौठो माने ।

ती योगीले पिप्पाको वक्षस्थलको भागमा मसाज गर्ने, पिठ्युँमा घोप्टो परेर थिँच्दै योगा गराएको दृश्य अलिक अपाच्य समेत देखिन्छ । तथापि साइक्लिङका लागि आफ्नो नितम्ब मजबुत पार्ने अभियानमा रहेकी पिप्पाका लागि ती योगीको त्यो योगा निकै फलदायी हुने पक्का छ । बेलायती हार्ट फाउण्डेसनको आर्थिक सहयोगार्थ आगामी जुनमा लण्डनदेखि बि्रग्टनसम्म हुने साइकल दौडमा पिप्पाले पनि सहभागिता जनाउँदैछिन् ।
 





0 comments for "‘जोगी’सँग जिउ बनाउँदै बेलायती राजकुमारकी साली (फोटो कथा)"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor