९ बुँदे प्रस्ताव संविधानसभामा निर्णयार्थ प्रस्तुत गर्न लगाउने कांग्रेस–एमालेको निर्णय

Posted by Unknown on Wednesday, January 14, 2015 | 0 comments


पुष ३० गते
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले सहमतिको ढोका खुला राख्ने तर आफ्नो सात प्रदेशसहितको नौ बुँदे अवधारणा संविधानसभामा निर्णयार्थ प्रस्तुत गर्न लगाउने निर्णय गरेका छन ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको दुई दलको बैठकले सहमतिको ढोका खुला राखि दुई तिहाइ बहुमतको प्रक्रिया अगाडि बढाउन लगाउने निर्णय गरेको हो । बैठकले विवादित विषयमा प्रश्नावली बनाउनका लागि अलग्गै समिति बनाउँदा धेरै समय लाग्ने भन्दै आफ्नो संयुक्त प्रस्तावलाई नै निर्णयार्थ प्रस्तुत गर्न लगाउने निर्णय गरेको हो ।संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले कांग्रेस र एमालेको संयुक्त प्रस्ताव तथा अन्य दलका प्रस्तावलाई असहमतिको विषयमा रुपमा एक महिना पहिले नै संविधानसभामा पेश गरिसकेको छ । संविधानसभाले दलहरुका फरक फरक प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरे संविधान चाँडो ल््याउन सकिने कांग्रेस र एमालेका नेताहरुले बताएका छन ।बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयताको विषयमा एमाओवादी र मधेसवादी दलसँग कुनै पनि हालतमा सम्झौता गर्न नहुने भन्दै दुई तिहाइ बहुमतबाट विवाद टुंग्याइनुपर्ने बताउनुभएको थियो ।दुई तिहाइ बहुमतको प्रक्रिया अगाडि बढाउनुको साटो आन्दोलनसामु घुँडा टेके एमाओवादी र मधेसवादी दलको मनोबल बढ्ने भन्दै आफूले भौगोलिक अखण्डता र राष्ट्रियतामा आँच आउने गरी सम्झौता गर्न नहुने धारणा राखेको ओलीले बैठकपछि सञ्चारकर्मीलाई बताउनुभयो ।बैठकमा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भने संविधान जारी गर्ने कुरा जित हारको विषय नभएको भन्दै सबैले जितेको महसुश हुने अवस्था सिर्जना गर्न अन्तरिम संविधानलाई नयाँ संविधानको रुपमा जारी गरिनुपर्ने बताउनुभयो । तर कांग्रेसका वरिष्ठ नेता देउवाको प्रस्तावमा बैठकमा खासै छलफल नभएको नेताहरुले बताएका छन ।

0 comments for "९ बुँदे प्रस्ताव संविधानसभामा निर्णयार्थ प्रस्तुत गर्न लगाउने कांग्रेस–एमालेको निर्णय"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor