‘माघ ८ पछि जनताले कुट्लान् है नेता ज्यू’

Posted by Unknown on Thursday, January 15, 2015 | 0 comments


१ माघ, काठमाडौ । ‘चीनमा ‘ड्रागन’को एउटा लोक कथा छ, । नेताज्यूहरुका लागि ‘माघ ८’ पनि त्यही चिनियाँ ड्रागनजस्तै भयो’ सभामुख सुवासचन्द्र नेम्वाङले सिंहदरबारमा शीर्ष नेताहरुलाई ड्रागनको कथा सुनाउँदै केही दिनअघि सोधेका थिए,’ तपाईहरु माघ ८, माघ ८ भन्दै हिँड्नुहुन्छ, तर साँच्चैको माघ ८ आउनै लाग्दा किन फड्दुल भाग्नुहुन्छ ? प्रमुख दलका एक नेताले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सभामुख नेम्वाङले शीर्ष नेताहरुसँगको छलफलमा ड्रागनको कथा यसरी सुनाएका थिए- ‘चिनियाँ आकाशमा ठूलो ड्रागन उडिरहेको थियो । उसले तल मानव वस्तीभरि ड्रागनका तस्वीर र पोष्टरहरु देख्यो ।
भित्तामा पनि ड्रागनका ठुल्ठुला तस्वीरहरु थिए । मान्छेको घरमा भित्तामा र सुत्ने ठाउँमा पनि ड्रागनका चित्रै चित्र थिए । यो सबै देखिसकेपछि ड्रागनलाई लाग्यो, म त मान्छेको वीचमा साह्रै लोकप्रिय पो रहेंछु ।
मान्छेको वस्तीमा आफ्नो लोकप्रियता देखिसकेपछि साँच्चैको असली ड्रागन आकाशबाट तल जमीनमा ओर्लियो । तर, बडेमान ड्रागन वस्तीमा ओर्लिनासाथ मानिसहरु फड्दुल भाग्न थाले । यो दृश्य देखेर साँच्चैको ड्रागन आश्चर्यचकित भयो ।  सभामुखले यस्तो कथा भनेर नेताहरुलाई व्यंग्य गरेको एक नेताले बताए । दलका नेताहरुको बोलिमा माघ ८ थेगोजस्तो भए पनि माघ ८ को मिति नजिकिँदै जाँदा नेताहरु भाग्न खोजिरहेको नेम्वाङले संकेत गरेको ती नेताले बताए ।

जनता सबैलाई कुट्न ठीक परेका छन्
यसैवीच माघ ८ नजिकँदै गर्दा सबै दलका शीर्षनेताहरु जनताबाट असुरक्षित हुन थालेका छन् । ‘जनताले सबैलाई एकै ठाउँमा राखेर कुट्न खोजिरहेका छन्, तर तपाईहरुचाँहि कोठाभित्र पसेर बाझाबाझ गरिरहनुभएको छ, सभामुखको भनाइ उधृत गर्दै एक नेताले भने- ‘माघ ८ आउनै लागिसक्यो, तपाईहरु भने अहिले वार्तामै बस्न छाड्नुभएको छ, जनताले सबैलाई छाड्दैनौं भनिरहेका छन् ।’

0 comments for "‘माघ ८ पछि जनताले कुट्लान् है नेता ज्यू’"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor