प्रधानमन्त्रीले भने- 'सहमतिमै संविधान'

Posted by Unknown on Thursday, January 15, 2015 | 0 comments


काठमाडौ, माघ १ 
प्रधानमन्त्री सुशील कोइरालाले दलहरूबीचको सहमतिमा नै संविधान जारी गरिने बताएका छन् । संविधानसभामा प्रक्रिया सुरु गर्नेबारेमा सत्तापक्ष र विपक्षीबीच तीव्र ध्रुवीकरण भइरहेका बेला उनले राजधानीको टुंडिखेलमा आयोजित थारु समुदायको माघी महोत्सवमा शुभकाना दिंदै सहमतिमै संविधान जारी हुने बताएका हुन् । 

'संविधान निर्माणमा सहमतिका साथ जान लागेका छौं,' उनले भने, 'सबै मिलेर सहमतिमै जाउँ जसले गर्दा विन विन (सबैले जित हुने) को अवस्था हुनेछ । म सबै दलहरुलाई यही आग्रह गर्छु । तर मेरो गोरुको बाह्रै टक्का भन्नु ठीक होइन ।' संविधानमा सबैको हक अधिकार सुरक्षित हुने उल्लेख गर्दै उनले देशमा शान्ति, लोकतन्त्र, अमनचयन आवश्यक रहेको बताए ।

प्रधानमन्त्रीले राजनीतिक दलहरूले लोकतन्त्रका लागि सधैं संघर्षमात्र गर्नुपर्दा देश विकासमा पछाडि परेको बताए । 'अब नेपालमा शान्तिका निम्ति जागरण आएको छ,' नयाँ संविधानमा हिमाल, पहाड र तराई सबैको समान हैसियत रहने उल्लेख गर्दै उनले भने, 'हिंसाको आन्दोलन जरुरी छैन । देशको विकास गर्न भारत, चीन, युरोपियन युनियनलगायत सहयोग गर्न तत्पर छन् । अब मुलुक विकासतिर जान्छ । कसैले रोक्न सक्दैन ।'

0 comments for "प्रधानमन्त्रीले भने- 'सहमतिमै संविधान' "

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor