चितवन महोत्सवमा स्वस्थ बाल प्रतियोगिता

Posted by Unknown on Thursday, January 15, 2015 | 0 comments


चितवन,माघ १
अभिभावकलाई समेत असल मार्गमा जान प्रेरित गर्दै आएकी भरतपुर-२ क्षेत्रपुरकी प्रियांशा श्रेष्ठले स्वस्थ बाल प्रतियोगिताको उपाधी चुमिन् । चितवन महोत्सव अन्तरगत विहिवार भएको प्रतियोगितामा ५३ प्रतिष्पर्धीलाई उछिन्दै उनले उपाधी चुमिन् ।संभवत महोत्सव इतिहासमै पहिलो पटक उक्त कार्यक्रम आयोजना गरिएको महोत्सव आयोजक समितिले जनाएको छ । हामीहरुलाई नै सुझाव दिने गरेकी प्रियांशाले सोचे अनुसारकै नतिजा ल्याएको आमा ऐश्वर्नाले खुसी हुँदै भनिन् ।

यस्तो कला अन्य बच्चामा नदेखेकाले उपाधि जित्ने आशामा उनी छोरी लिएर दिनभर नै कार्यक्रम स्थलमा बेसेकी थिइन् । मुल्यंकम समितिका प्रमुख एवं निको बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा रविन बानियाले बच्चाको प्रश्नोत्तर गर्ने शैलि, आँखा जुधाएर बोल्न सक्ने क्षमता, विभिन्न अंगको सरसफाई एवं अभिभावकको चेतनालाई मुल्यंकन गरेको बताए । चितवन महोत्सवको अवसरमा विहिवार आयोजना भएको स्वास्थ बाल प्रतियोगितामा प्रियंसाले कुल एक सय नम्वरमा ८३ नम्वर प्राप्त गरिन् । उनलाई पछ्याउँदै भरतपुरकी ५ बर्षिया प्राप्ती राउत ८० दशमलव ५ अंकका साथ दोस्रो हुन सफल भईन् । यस्तै ७९.५ अंक ल्याउँदै निमिशा थापा तेस्रो भईन् भने ७९ अंक ल्याएर मविरा प्रधानले सान्त्वना स्थान हासिल गरेको प्रतियोगिताका संयोजक राजेन्द्र ओलीले बताए ।

स्वास्थ्य चेतनाका लागि चितवनमा स्वस्थ बाल (हेल्दी बेवी) प्रतियोगिता आज भएको हो । चितवन महोत्सवको अवसरमा यसरी विल्कुलै नयाँ कार्यक्रम गरिएको महोत्सवको स्वास्थ्य समितिका संयोजक  ओलीले बताए । निको बाल अस्पताको सहआयोजना  भएको कार्यक्रममा तुलिका एजुकेसन कन्सर्न र जानकी ईम्पेक्सले सहयोग गरेको थियो ।प्रतियोगितामा ५३ जना बालबालिकालाई सहभागि गराईएको थियो । प्रतियोगिताले बालबालिका प्रति अभिभावकको स्वास्थ्य चेतनामा बृद्धि हुने विश्वास लिईएको छ । ‘यो महोत्सवकै नयाँ र चेतनामुलक कार्यक्रम हो,’ स्टेरिंग कमिटिका सदस्य सचिव तथा उवासंघ चितवनका बरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानले भने , बालबालिकाको स्वास्थ्य शिक्षामा ध्यान दिन यसले मद्दत गर्ने छ ।
चिकित्सकका अनुसार पछिल्लो समयमा जङ्क फूड र परिवारको वेवास्ताले बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिएका छन् । विशेष गरी शहरमा मोटा र पहाडमा कुपोषणका बच्चा देखिने गरेका छन् । प्रतिष्पर्धामा ३ देखि ६बर्षका बालकालिका सहभागि थिए । बालबालिकाको बृद्धिविकासमा अभिभावकले ख्याल गरुन् भनेर चेतना दिन कार्यक्रम गरिएको चितवन महोत्सव स्वास्थ्य समितिका सहयंयोजक हिरामान महर्जनले बताए । व्यस्तताका कारण अहिले आफ्ना बालबालिकालाई ख्याल गर्ने मानिसहरुको संख्या घट्दो छ । स्कुल गएका बालबालिकालाई तयारी खानेकुरा (जंकफुड) दिने प्रचलन बढिरहेको छ । यस्ता गतिविधि निरुत्साहित गर्नु कार्यक्रमको मुल उद्देश्य भएको महोत्सव संयोजक कल्याण जोशीले बताए । 

प्रतियोगितामा बालबालिकाको स्वास्थ्य ,उमेर अनुसारको तौल, उचाई, दाँत, खानाको गुणस्तर, मोटो पातलो, शिप, शिक्षा लगायत लाई आधार मानिएको डा. बानियाले बताए । विजेतालाई तह अनुसार उनीहरुलाई नै सहज हुने टेवल कुर्सी र खेलौना दिईएको थियो भने सहभागिहरुलाई प्रशंसापत्र  र मायाँको चिनो उपलव्ध गराईएको थियो ।

0 comments for "चितवन महोत्सवमा स्वस्थ बाल प्रतियोगिता"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor