गोरु जुघाइ मेलाको तयारी पुरा

Posted by Unknown on Wednesday, January 14, 2015 | 0 comments


नुवाकोट जिल्लाको तारुकामा माघे सक्रान्तिका दिन जुघाइने गोरु मेलाको तयारी पुरा भएको छ । माघेसक्रान्ति मेला व्यवस्थापन समिति र रसुवा–नुवाकोट पर्यटन समाजले राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरि मेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो । तारुकामा हरेक वर्ष माघे सक्रान्तिमा गोरुहरु जुघाएर संक्रान्ति मनाउने गरिन्छ । यस वर्ष १८ हल गोरुहरु जुघाउनका लागि दर्ता गरिएको मेला व्यवस्थापन संयोजक शिव अधिकारीले जानकारी दिए । विगतमा दश हजार स्वदेशी तथा विदेशीहरुले प्रत्यक्ष अवलोकन गरेको र यस वर्ष त्यो संख्या बृद्धि हुने अनुमान समितिले गरेको छ । मेलामा गत वर्ष १९ हल गोरु जुघाइएका थिए । त्यस्तै यसपालि मेलामा गोरु सहभागि गराएका मदन श्रृष्ठ र विष्णुमान श्रेष्ठले भने जसको गोरुले जित्छ उसले हार्ने गोरु लिएर जाने सहमति गरेको मेला व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर बख्रेलले जानकारी दिए । त्यस्तै यसवर्ष देखि रसुवा र नुवाकोटको सिमा वेक्रावत्तीमा ८ हल गोरुहरु जुघाइने भएको छ ।

0 comments for "गोरु जुघाइ मेलाको तयारी पुरा"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor