मागेर देश चलाउनु परेको प्रधानमन्त्रीको गुनासो

Posted by Unknown on Thursday, January 15, 2015 | 0 comments


१ माघ, भैरहवा । 
प्रधानमन्त्री सुशील कोइरालाले भिख मागेर देश चलाउनु परेको भन्दै अब सबै मिलेर आर्थिक विकास गर्नुपर्ने बताएका छन् । उनले शान्ति विना देश विकास सम्भव नहुने पनि बताए । रुपन्देहीको भैरहवामा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा शिलान्यास कार्यक्रमलाई विहीबार सम्वोधन गर्दै प्रधानमन्त्री कोइरालाले मागेर काम गर्ने स्थिति अन्त्य हुनुपर्नेमा जोड दिए । आपसी खिचातानी भएका कारण मुलुक विकासमा पछि परेको चर्चा गर्दै उनले देशमा आर्थिक उन्नति गर्न सरकार क्रियाशील रहेको बताए । त्यसको लागि देशमा अमन चयन र शान्ति आवश्यक रहेको उनको ठहर छ । एकीकृत नेकपा माओवादी तर्फ इङ्गित गर्दै उनले आन्दोलन र धम्की छाडेर देशमा आर्थिक विकास गर्नुपर्ने धारणा राखे । ‘आन्दोलन गर्ने र धम्काउने कुरा कसैले गर्न हुन्न, अब सबै मिलेर देश उन्नतिमा लाग्नुपर्छ,’ प्रधानमन्त्री कोइरालाले भने । नयाँ संविधान जारी भए देशमा तिव्र विकास हुने र त्यसलाई कसैले रोक्न नसक्ने उनले दाबी गरे ।

0 comments for " मागेर देश चलाउनु परेको प्रधानमन्त्रीको गुनासो"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor