जाडोको औषधि-ह्वेलमाछाको अण्डकोषबाट बनेको बियर

Posted by Unknown on Thursday, January 15, 2015 | 0 comments


जाडो यामलाई विशेष बनाउने लक्ष्य सहित एक मदिरा कम्पनीले ह्वेल माछाको अण्डकोषबाट बियर बनाउने भएको छ ।

आइसल्याण्डको एक मदिरा कम्पनीले आफ्नो नयाँ बियर ह्वेलको पोलेको अण्डकोषको स्वादमा उपलब्ध हुने बताएको छ ।

दी स्टेड्जी ब्रुअरीले उत्पादन गर्ने भ्यालर टू नामको बियर आइसल्याण्डको मध्यशीतकालीन मौसम थोरीको उपलक्ष्यमा सिमित समयका लागि बजारमा ल्याइने बताइएको छ ।

संकटापन्न प्रजातिको फिन ह्वेलको अण्डकोषलाई निकालेर त्यसमा नुन दल्ने, पोल्ने अनि त्यसपछि त्यसलाई फर्मेन्टेसन गराई बियर निर्माण गरिने बताइएको छ ।

बियरलाई ह्वेलको अण्डकोषको स्वादमा ढालेर थोरीको वातावरणलाई विशेष बनाइने उक्त ब्रुअरी कम्पनीका मालिक ड्याब्र्जार एरिलिउसनले बताए ।

आइसल्याण्डमा सन् २०१३ देखि फिन ह्वेललाई व्यवसायिक प्रयोजनका लागि मार्न पाइने कानून छ । यो ह्वेल माछाको मासु मुख्यतया जापानमा निर्यात हुन्छ ।

स्मरण रहोस् यो कम्पनीले गएको वर्ष ह्वेल माछाको हड्डी र आन्द्रा मिसाएको बियर उत्पादन गरेको थियो । वन्यजन्तु संरक्षणकर्मीहरुले ह्वेल माछाबाट बियर बनाउने यस्तो कार्य अनैतिक र हिंश्रक भएको भन्दै तिब्र आलोचना गर्दै आएका छन् ।

0 comments for " जाडोको औषधि-ह्वेलमाछाको अण्डकोषबाट बनेको बियर"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor