सलमानले भारत छोड्नुअघि अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्ने

Posted by Unknown on Thursday, January 15, 2015 | 0 comments


माघ १ - कालो हरिणको अवैध सिकार गरेको आरोपमा मुद्दा खेपिरहेका बलिउड नायक सलमान खानलाई बुधबार भारतको सर्वोच्च अदालतको फैसलाले अप्ठ्यारो पारेको छ । अब सलमानलाई फिल्ममा लिनुअघि निर्माता/निर्देशकले सुटिङ लोकेसनका लागि वा सलमानका लागि सोच्नुपर्ने भएको छ ।

कारण, अब सलमानले भारत छोड्नुअघि अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्ने भएको छ । केहीअघि मात्रै राजस्थानको जिल्ला अदालतले सलमानलाई दोषी ठहर गर्दै पाँच वर्षको सजाय सुनाएको थियो । त्यही फैसलाका कारण उनी त्यस बेला बेलायत जानबाट रोकिएका थिए । पछि उच्च न्यायालयले उक्त फैसलालाई बदर गरिदिएको थियो । त्यसपछि केही राहत महसुस गरेका सलमान बुधबारदेखि पुनः तनावमा परेका छन् । सलमानले सन् १९९८ मा फिल्म 'हम साथ साथ हैं' को सुटिङका क्रममा राजस्थानको जोधपुरमा कालो हरिणको अवैध सिकार गरेका थिए । 

हाल 'बजरंगी भाइजान' को काममा राजस्थानमै छन् उनी । यो फिल्मको सुटिङका लागि भने उनले विदेश जानुपर्ने छैन । तर अब कुनै पनि फिल्मको विदेश छायांकनका लागि सलमानका लागि भने समस्या पर्ने देखिएको छ । केहीअघि उनी 'किक' को सुटिङ गर्न बेलायतले भिसा नदिएपछि रोकिएका थिए । सलमानले यस वर्ष खेल्न लागेको अर्को फिल्म 'प्रेम रतन धन पायो' को सुटिङ सेडयुअल पनि भारतमै राखिएको छ । त्यसबाहेक उनका पाइपलाइनमा रहेका अरू फिल्ममा करण जोहरको 'शुद्धि', यशराज फिल्मसो 'एक था टाइगर' को सिक्वेल र बोनी कपुरको 'नो इन्ट्री मे इन्ट्री' रहेका छन् । जब कि यी सबै फिल्मका दृश्य वा गीतले विदेशी भूमिको माग गरेको बताइन्छ । सर्वोच्च अदालतको फैसलाले अब समस्या सलमानका लागि मात्रै नभई उक्त फिल्मका निर्माता, निर्देशकसमक्ष पनि परेको छ ।

'किक' का लागि स्थानीय अदालतको फैसलाकै कारण बेलायत जान नपाएका सलमानपछि राजस्थान उच्च अदालतले उक्त फैसला खारेज गरिदिएपछि मात्रै बेलायत गई बाँकी सुटिङ सकेका थिए । जसले गर्दा फिल्म निर्मातालाई थप व्ययभार थपिएको थियो । बुधबारको सर्वोच्चको फैसलापछि पनि सलमानका लागि पुनः उच्च अदालतमा जाने बाटो भने बाँकी नै रहेको छ । अब उनी दोहोर्‍याएर जान्छन् वा जाँदैनन् चासोको विषय रहेको छ ।

0 comments for "सलमानले भारत छोड्नुअघि अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्ने"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor