मिलन र सुनिलले नचाए दर्शक

Posted by Unknown on Thursday, January 15, 2015 | 0 comments


चितवन, माघ १ ।  
माघी पर्वको रौनक जताततै रहँदा चितवनको नारायणी नदी किनार प्रदर्शनी मैदानमा भने आज (विहीबार) छुट्टै रौनक थियो । जारी १० औं चितवन महोत्सवमा दर्शकहरु साँस्कृतिक माहोलमा झुमे । चर्चित गायिका मिलन अमात्य र गायक सुनिल गिरीको प्रस्तुतीले दर्शकले माघी महोत्सवमै मनाए ।  दिउँसो करिव पौने तीन बजे गायिका मिलन स्टेज चढेपछि हुटिङको वर्षा नै भयो । अहिले सम्मकै सर्वाधिक दर्शकले भरिभराउ भएको महोत्सवमा हुटिङको कुनै कमी नै थिए । आफ्नो एल्बमबाट ‘परदेशी परदेशी’ बोलको गीत प्रस्तुत गरेपछि महोत्सवमा दर्शक झुम्न सुरु गरेका थिए । उनले ‘शिरिमा शिरिमा कान्छा’ , हुँदै चलचित्रका गीतहरु ‘गाला रातै’, ‘स्लोली स्लोली’ ‘कहिले माया स्याड फेस, कहिले माया ब्याड फेस’ लगायत आधा दर्जनभन्दा बढि गीत गाउँदा दर्शको भुईमा खुट्टा नै थिएन । उनीहरुले उफ्रिदै गायिका मिलनलाई साथ दिए ।
दर्शकहरु बढि उफ्रिन थालेपछि उनीहरुलाई सम्हाल्न आयोजकलाई हम्मे हम्मे परेको थियो । मिलन स्टेज ओर्लिएको केही समयमै अर्का चर्चित गायक सुनिल गिरी स्टेज चढेपछि दर्शकहरुले विश्राम नै लिन पाएनन् । उनले ‘को होला त्यो म संग आँखा जुधाउने’ बोलको गीत गाउँदै स्टेज तताएका थिए । उनको गीतमा पनि दर्शकले उत्तीनै साथ दिए । गायक सुनिलले अर्को ‘देउराली भञ्ज्याङ’ बोलको गीत समेत गाएका थिए । 

महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तरगत पूर्वी चितवनको रत्ननगरको मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकाहरुले मार्मिक गीत प्रस्तुत गरेका थिए । उनीहरुको गीतमा समेत दर्शकले ताली बजाएर मनोरञ्जन लिएका थिए । यसैगरि आजै नारायणी कलामन्दिरको बेजोड साँस्कृतिक प्रस्तुतीसंगै विभिन्न जातजातिको प्रस्तुती समेत भएको साँस्कृतिक समितिका संयोजक नारायण प्रधानले जानकारी दिए ।

यसैबीच महोत्सव अन्तरगत आजै भएको लोकदोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवन (ख) तेस्रो स्थान हात पारेको छ । तेस्रो स्थानको लागि भएको भिडन्तमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई पछि पार्दै चितवन तेस्रो स्थान ओगट्न सफल भएको छ । गोरखा भने सान्त्वना स्थानमा चित्त बुझाउन बाध्य भयो । यसैगरि प्रतियोगिताको उपाधिका लागि भोली (शुक्रबार) राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र रुपन्देही भिड्ने साँस्कृति समितिका संयोजक नारायण प्रधानले जानकारी दिए ।

भोलीको आकर्षण
जारी महोत्सव अन्तरगत भोली (शुक्रबार) कृषि प्रदर्शनी तथा फार्म प्रतियोगिताको पुरस्कार वितरण समारोह विहान ११ बजे हुँदै छ ।  यस्तै उद्योग बाणिज्य संघको सभाहलमा विहान ११ बजे  सुचना र प्रविधि सम्वन्धी सेमिनार हुने आयोजकले जनाएको छ ।

0 comments for "मिलन र सुनिलले नचाए दर्शक"

Leave a reply

Gadhimai FM Online Video

Featured Programs

Go to W3Schools!

Recent News

Sponsor